उदयपुर ।
उदयपुरको बेलका नगरपालिका वडा नखं ५ का भूमिहीन दलित, सुकुबासी तथा अव्यवस्थित बसोबारीहरु करिब ११ हजारमध्ये ४३ घर परिवारलाई मात्र एक कार्यक्रमका विचमा जग्गाधनी प्माण पुर्जा वितरण गरिएको छ । तर सो नपाका पूर्व नगर प्रमुख दुर्गा कुमार थापाले करिब ११ हजार लालपुर्जा वितरण गर्न माग गरेका छन् ।



हालै बेलका नपाको वडा नं ५ स्थित घुम्ने आइतबारेमा आयोजित एक कार्यक्रमका विचमा उदयपुर १ का संघीय सांसद तथा कार्यक्रमका प्रमुख अतिथि पारसमणी गेलालले ४३ घर परवारका भूमिहीन दलित, सुकुम्बासी तथा अन्यलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो ।
कार्यक्रममा जग्गाधनी प्रमाण पुर्जा वितरण गर्दै सांसद गेलालले सरकारले भूमिहनि दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीकालागि जतिसक्दो छिटो जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने नीति लिएको र खास सुकुम्बासी पहिचान गरेर अन्यत्र जग्गा भए नभएको बुझेर जो वर्षौदेखि जग्गा खनजोत गर्ने तर त्यसको स्वामित्व नपाएका गरिब दलित, आदिवासी जनजाती वा अन्य जो भए पनि वास्तविक सुकुम्बासी परिवारले जग्गाधनी प््माण पुर्जा पाउनु पर्ने र विवाद रहित ढंगले वितरण गर्नु पर्ने बताउनु भयो ।
सो कार्यक्रममा बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले नगरपालिकाले भूमिहीन दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन गरी जग्गा नापजाँच तथा अन्य विवरण संकलन गर्नै काम भएको हुँदा बाँकी जग्गाधनी प्रमाण पुर्जा पनि जतिसक्दो छिटो वितरण गरिने बताउनु भयो ।
बेलका नपाका पूर्व नगर प्रमुख दुर्गा कुमार थापाले बेलका नपामा करिब ११ हजार भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरु जग्गा कमाएर बसेका छन तर जग्गाको मालिक वा स्वामित् लिन वा जग्गाधनी बन्न पाएका छैनन । उनीहरुले खनजोत गरेर उपभोग गरिरहेका जग्गाको स्वामित्व हस्तान्तरण गर्न ढिलो भएकोले नेपाल सरकारको नीति तथा स्थानीय सरकारको दायित्व कर्ताव्य अनुसार काम गर्नु पर्ने बताउनु भयो ।
बेलका नगरपालिकाका पूर्व नगर प्रमुख थापाको कार्यकालमा ग्ल् जबदष्तबत , सामुदायिक आत्मनिर्भर केन्द्र (ऋक्च्ऋ) , भुमी अधिकार मन्च, रास्ट्रीय भुमी आयोग , र तत्कालीन भुमि ब्यबस्था तथा सहकारी मन्त्रालयको सहयोग र बेलका नगरपालिकाको नेतृत्वमा , सबै क्रियाशील राजनीतिक दलहरुको सहभागीतामा गठित नगरपालिका र वडा स्तरीय सहजीकरण समितिले सहयोग गरि सामाजिक परिचालन विधि( क्त्म्ः) मोडलबाट बेलका नगरपालिकामा ३ बर्ष लगाएर जग्गा नापी गरिएको थियो ।
थापाले तत्कालीन बेलका नगरपालिकाले नाप नक्सा गरेर कोडिङ्ग गरेका सर्जमिन मुचुल्का गरेका र नक्सा तयार गरेका भुमिहिन दलितको ४०७ भुमिहिन सुकुम्बासिको १०१० अव्यवस्थित बसोबासिको ९४७९ गरि जम्मा १०८९६ (दशहजार आठसय छयानब्बे ) लालपुर्जा छिटो भन्दा छिटो बितरण गरियोस भन्ने जोडदार माग गरेका छन् । जम्मा ४३ थान लालपुर्जा बाडेर सरकारले जग्गा धनीपुर्जा बाड्यो भन्ने भ्रम नछरियोस । अघिल्लो सरकारले नै सम्पन्न गरेर तयार पारिएका पुर्जा यथासक्य छिटो बाडियोस भन्ने जोडदार माग पनी गर्दछु उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन् ।
आज एउटा खुसी चै के लागेको छ भने , हामिले जग्गा नाप जाच गर्दै गर्दा यो सेतो पुर्जा दिने नक्कली नापी हो सक्कली नापी हैन भनेर भ्रम हो भन्नेहरुको भ्रम समाप्त भएको छ, । तपाईं हामिकै हातबाट आज बाडिएका पुर्जा राता थिएकी सेता भनेर प्रश्न तेस्र्यायँदै थापाले अब छिटो भन्दा छिटो झन्डै ११ हजार लालपुर्जा स्थानिय निर्वाचन अघि नै बाँडियोस जनताहरुले कहिले हात पर्छ भनेर पर्खी बसेको उनले फेसबुका स्टाटसमा लेखेका छन् ।











प्रतिक्रिया