आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, डलर १५० रुपैयाँ ५६ पैसा


काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। नयाँ दरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकका अनुसार युरोको बिक्रीदर १६७ रुपैयाँ ७८ पैसा र बेलायती पाउन्डको २०१ रुपैयाँ ०१ पैसा रहेको छ। त्यस्तै, स्वीस फ्र्याङ्कको बिक्रीदर १८३ रुपैयाँ ४९ पैसा, कुवेती दिनारको ४८९ रुपैयाँ ०७ पैसा र बहराइन दिनारको ३९९ रुपैयाँ ०५ पैसा तोकिएको छ।

यसैगरी, अष्ट्रेलियन डलरको बिक्रीदर १०३ रुपैयाँ ३७ पैसा, क्यानेडियन डलरको १०६ रुपैयाँ ५६ पैसा, साउदी रियालको ४० रुपैयाँ ११ पैसा र कतारी रियालको ४१ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ।

भारतीय १०० रुपैयाँको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम छ।राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्नेछ।