४ दशकअघिको प्रेमकथा, तत्कालीन नेपाली समाजको परिवेश र अहिलेको पुस्ताको प्रेमलाई एउटै कथामा जोडिएको फिल्म बाटुलो जूनको ट्रेलर सार्वजनिक गरिएको छ।
आगामी कार्तिक २६ गते रिलिमा आउने फिल्मको निर्माण टिमले रिलिजको एक साताअघि ट्रेलर सार्वजनिक गर्दै फिल्मको कथावस्तु र मुख्य पात्रहरूबारे संकेत गरेको छ। फिल्मको रोचक पक्ष हो, तत्कालीन स्टार भुवन केसी र अभिनेत्री गरिमा पन्तको प्रेमकथा तथा त्यसलाई नयाँ पुस्तामा निरन्तरता दिने अनमोल केसी र प्रिन्सी खतिवडाको जोडी। ४० वर्षअघिको नेपाली समाजको परिस्थिति र प्रेमिल सम्बन्धलाई प्रस्तुत गरिएको फिल्ममा भुवन स्वयं निर्देशकका रूपमा मात्र नभई अभिनयमा पनि देखिएका छन्।
उनको जोडीका रूपमा गरिमा पन्त प्रस्तुत छिन्।त्यही कालखण्डको प्रेमकथालाई नयाँ पुस्तासँग जोड्ने जिम्मेवारी अनमोल र प्रिन्सीले सम्हालेका छन्। फिल्ममा अनमोल पहिलोपटक ग्रामीण चरित्र र परिवेशमा देखिएका छन्। सार्वजनिक ट्रेलरले फिल्मका पात्रहरूको चरित्रचित्रणसँगै कथावस्तु र परिवेशलाई पनि उजागर गरेको छ। पात्रहरूको प्रस्तुति, पाश्र्वध्वनि, छायाँकन र सम्पादन पक्षले ट्रेलरबाटै दर्शकको ध्यान खिचेको छ।
सनराइज पिक्चर्स प्रालि र भविष्य फिल्म्सको ब्यानरमा जिया केसी र भविष्य खड्काद्वारा निर्मित फिल्ममा अनमोल र प्रिन्सीसँगै नेन्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना, लक्ष्मी गिरी, दीपक केसी, रेअर राई, श्वेता मिश्र, सुजन भाई, सविन कट्टेल, सिद्धार्थ सिंह, अमितेश शाह, हीना नगरकोटी, संगी अधिकारी पोखरेललगायतले अभिनय गरेका छन्। फिल्ममा विवेक थापा सहनिर्माता रहेका छन्।











प्रतिक्रिया