आफूले भोगेको पीडालाई अरूका लागि प्रेरणा बनाउने उद्देश्यसहित नायिका तथा मोडल क्षितिजा शाक्य क्यान्सर सचेतना अभियानमा सक्रिय भएकी छन्। आफ्नै क्यान्सर यात्राबाट प्राप्त अनुभव, साहस र आत्मविश्वासलाई सामाजिक अभियानसँग जोड्दै उनले आफ्नो हेल्पिङ हार्ट विथ तीजा नामक संस्था र आशाको आवाज युट्युब च्यानलमार्फत क्यान्सरसम्बन्धी जनचेतना फैलाउने कामलाई अघि बढाएकी छन्।
यसै अभियानअन्तर्गत क्षितिजाको अवधारणा र आयोजनामा हालै काठमाडौँमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न भएको छ। काठमाडौँ महानगरपालिका वडा नं. २२ को सहयोगमा आयोजित कार्यक्रममालाई क्यान्सर फाइटर, क्यान्सर सर्भाइभर तथा अन्य सहभागीको उल्लेख्य साथ र सक्रियताले विशेष बनाएको थियो।
कार्यक्रमको उद्देश्य क्यान्सरको सामना गरिरहेका र उपचारपछि जीवनमा फर्किएका व्यक्तिहरूलाई हौसला प्रदान गर्नुका साथै क्यान्सर नभएका व्यक्तिहरूमा समेत यस रोगबारे सही जानकारी पुर्याउनु रहेको क्षितिजाले बताइन्। क्यान्सरबारे जानकारी राख्ने, समयमै परीक्षण गराउने र आवश्यक उपचार लिने विषयमा सहभागीहरूलाई सचेत गराइएको थियो। क्यान्सरसम्बन्धी भ्रम हटाउँदै यसको पहिचान र उपचारबारे सही जानकारी समाजसम्म पुर्याउनु अभियानको मुख्य ध्येय रहेको क्यान्सर विजेता शाक्यले बताएकी छन्।
कार्यक्रममा वरिष्ठ तथा अनुभवी चिकित्सकहरू डा. कपेन्द्र शेखर अमात्य, डा. बिजेश राज घिमिरे, डा. राजेन्द्र प्रसाद बराल र डा. हरिहर ओस्तीले क्यान्सरसम्बन्धी आप्mना अनुभव, ज्ञान र महत्वपूर्ण सन्देश प्रस्तुत गरेका थिए। त्यसैगरी काठमाडौँ महानगरपालिका वडा नं. २२ का अध्यक्ष चिरिकाजी महर्जनले क्यान्सर सचेतना अभियानबारे आफ्ना विचार तथा सुझाव राख्दै क्षितिजाको प्रयासलाई हौसला प्रदान गरेका थिए।
आफ्नै क्यान्सर विजयलाई प्रेरणाको स्रोत बनाएकी क्षितिजाले कार्यक्रममा आप्mनो अनुभवसमेत सहभागीमाझ बाँडेकी थिइन्। उनले क्यान्सरको सामना गरिरहेका व्यक्तिहरूलाई आत्मबल कायम राख्न प्रेरित गर्नुका साथै यस रोगसँग सम्बन्धित सचेतना सबैका लागि उत्तिकै आवश्यक रहेको सन्देश दिएकी थिइन्।











प्रतिक्रिया