उदयपुर ।
उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित बेल्टार इलाका प्रहरी कार्यालयले बुधबार दिउसो ४ बजे २५० मिलिग्राम ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार कार्तिक १८ गते अन्दाजी १६:०० बजे जिल्ला उदयपुर, त्रियुगा नगरपालिका वडा नम्बर १२ घर भई हाल चौदण्डीगढी नगरपालिका वडा नम्बर ३ भोर्लेनी स्थित राज कुमार मगरको घरमा डेरा गरी बस्ने वर्ष अन्दाजी २७ को सुशान्त राउत २५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ परेको हुन ।
राउतले प्रतिबन्धित लागू औषध ब्राउन सुगर बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेल्टार, उदयपुरबाट खटिएको प्रहरी टोलीले निजको कोठा खानतलासी गर्दा कोठाको टेबलमा प्लास्टिकमा पोका पारिएको अवस्थामा प्लास्टिक बाहेक तौल गर्दा २५० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारी निजलाई उक्त पदार्थ सहित पक्राउ गरी इलाका प्रहरी कार्यालय बेल्टार उदयपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।











प्रतिक्रिया