काठमाडौं ।
मिथिलाञ्चल क्षेत्रमा आजदेखि धनतेरस मनाउँदै तिहार पर्व सुरु भएको छ । धनतेरसका अवसरमा घरघरमा दीप प्रज्वलन गरी नयाँ धातुका भाँडाकुँडा तथा गरगहना किन्ने परम्परा रहेको छ ।
मिथिला परम्पराअनुसार आज बिहान ११ बजेर १० मिनेटपछि त्रयोदशी तिथि सुरु भएकाले साँझ धनतेरस मनाइँदैछ । यस दिन धनधान्यकी देवी लक्ष्मीको पूजा गरी घरमा सुख, शान्ति र समृद्धिको कामना गरिन्छ ।
तिथिको घटबढका कारण यस वर्ष तिहार छ दिनसम्म मनाइने भएको छ । शनिबार कागपूजा र धन्वन्तरी जयन्ती, आइतबार कुकुर पूजा तथा साँझ लक्ष्मीपूजा गरिनेछ । आगामी बुधबार भैयादूज मनाएसँगै मिथिलाञ्चलमा दीपावली पर्व सम्पन्न हुनेछ ।











प्रतिक्रिया