अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुख बोल्डिन र परराष्ट्रमन्त्री खनालबीच शिष्टाचार भेट


काठमाडौं।

नेपालका लागि अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिनले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गर्नुभएको छ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धका विविध पक्ष तथा आपसी हितका विषयमा छलफल भएको थियो।

भेटका क्रममा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउनेलगायतका विषयमा विचार आदानप्रदान भएको जनाइएको छ।