काठमाडौं ।
नेपाली बजारमा बिहीबार सुनको मूल्यमा ठूलो वृद्धि भएको छ। एकैदिन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेर सुनको मूल्य २ लाख ८८ हजार ९ सय रुपैयाँ कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २६५ रुपैयाँले बढेर ३ हजार ९२० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको हो।











प्रतिक्रिया