भलिबलमा शिवनाथ र दशरथचन्द च्याम्पियन


बैतडी, (नेस) ।

जिल्लास्तरीय अन्तरवडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा शिवनाथ–६ र दशरथचन्द–२ च्याम्पियन बनेका छन् ।
महिलातर्फ शिवनाथले पुर्चौडी नगरपालिका–१ लाई हराएर उपाधि जितेको हो । मेलौली नगरपालिका–७ भने तेस्रो भएको छ ।

यस्तै, पुरुषतर्फ दशरथचन्दले सिगास गाउँपालिका–५ लाई हराएर उपाधि हासिल गरेको हो । यसमा मेलौली नगरपालिका–९ तेस्रो भएको छ ।
विजेता टोलीले जनही एक लाख ११ हजार १११ रुपैयाँ प्राप्त गरेको छ । यस्तै, दोस्रो हुने टोलीले ७७ हजार ७७७ र तेस्रो हुने टोलीले ४४ हजार ४४४ रुपैयाँ प्राप्त गरेका छन् ।

पुरुषतर्फ दशरथचन्द नगरपालिका–२ का नवीन भण्डारी र महिलातर्फ शिवनाथ गाउँपालिका–६ की सरिता चन्द सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । दुवै सर्वोत्कृष्ट खेलाडीले जनही ७ हजार ७७७ रुपैयाँ प्राप्त गरे । प्रतियोगिता बैतडी जिल्ला खेलकुद समितिले आयोजना गरेको थियो ।