फिल्मको विषयवस्तुलाई लिएर गरिएका विभिन्न अड्कलबाजी, चर्चा, आलोचना र विरोधका बीच पाँच पाण्डवको केही कथावस्तु झल्कने गरी मंगलवार राजधानीमा आयोजित एक समारोहबीच यसको दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ। यसअघि सार्वजनिक ट्रेलरमा भन्दा दोस्रो ट्रेलरमा फिल्मका मुख्य पात्र र उनीहरूको भूमिका प्रस्ट्याउने प्रयास गरिएको छ।
दोस्रो ट्रेलरको केन्द्रमा अभिनेता हरिवंश आचार्य छन्। पूरै ट्रेलर उनकै वरपर घुमेको छ। पृथ्वीमा रहेका आप्mना भाइहरू दु:खी रहेको भन्दै पृथ्वीलोकमा आइपुगेका युधिष्ठिर अर्थात् हरिवंश समस्यामा परेका भाइहरूलाई कसरी छुटकारा दिलाउने भन्ने अभियानमा देखिन्छन्। हरिवंशले भीम, अर्जुन र सहदेव भन्दै नामकरण गरेर आप्mना चार भाइ बनाइरहेका छन्। उनी विभिन्न समस्यामा परेकाहरूलाई सहयोग गर्दै हि“ड्छन्। अन्याय र विकृतिविरुद्ध उभिएका हरिवंश समस्यामा परेकाहरूको उद्धारकर्ताका रूपमा देखिन्छन्। छोटा कपडा लगाएर क्यासिनोमा देखिएकी युवतीलाई आङ ढाकिदिने दृश्यले सभ्य समाज निर्माण गर्ने उनको उद्देश्यलाई संकेत गर्छ। अन्याय, हिंसा र अत्याचारविरुद्ध पा“च भाइ मिलेर गर्ने संघर्ष र विद्रोहलाई ट्रेलरमा प्रस्तुत गरिएको छ। फिल्मको मुख्य कथ्य र हुक लाइन पनि यही रहेको ट्रेलरले संकेत गर्छ। फिल्मले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेबाट यसको विषयवस्तुमा समस्या नभएको पनि प्रष्ट भएको छ।
वसन्त निरौलाको निर्देशनमा बनेको फिल्ममा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला, इभा गिरी, दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री) लगायतका कलाकार मुख्य भूमिकामा छन्। काली रानी फिल्म्स्को ब्यानरमा नवीन श्रेष्ठद्वारा प्रस्तुत तथा काली रानी श्रेष्ठद्वारा निर्मित फिल्ममा कथा, पटकथा र संवाद सुशील पौडेल, कोरियोग्राफी गम्भीर विष्ट र विक्रम स्वा“र, द्वन्द्व निर्देशन सम्राट बस्नेत, छाया“कन श्याम तामाङ र सम्पादन सुप्रिम पराजुलीको रहेको छ। फिल्म भोलि शुक्रवारबाट अल नेपाल रिलिज हुँदैछ।











प्रतिक्रिया