गीतकार तथा साहित्यकार प्राज्ञ उन्नति बोहरा ‘शीला’ का सिर्जनामा राजधानीमा सांगीतिक साँझ सम्पन्न भएको छ। उनको लोकप्रिय देशभक्ति गीत फर्की आऊ शान्ति तिमीको शीर्षकमा आयोजित फर्की आऊ शान्ति तिमी उन्नति शीला संगीत समर्पण साँझ–२०८३ मा उनका २५ गीत प्रस्तुत गरिनुका साथै ख्यातिप्राप्त संगीतकार शम्भुजीत बाँसकोटालाई नगद १ लाख ५१ हजार रुपैया“सहित अभिनन्दन गरिएको छ।
उन्नति बोहरा शीला गीत पुरस्कार मञ्चको आयोजनामा मुन्धुम संस्कृतिविद् तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उन्नतिको ६० वर्षे साहित्यिक र ५४ वर्ष लामो नेपाली गीतलेखन यात्रालाई स्मरण गर्दै उनका सिर्जनालाई विभिन्न गायक–गायिकाले प्रत्यक्ष वाद्यवादनसहित प्रस्तुत गरेका थिए।
कार्यक्रममा गीतकार बोहराले दर्शकको उपस्थितिले आफूलाई सिर्जनाको उचाइ अझ बढाउन प्रेरित गरेको बताइन्। गीत सिर्जना र साहित्यमा नै जीवन समर्पण गरेको उल्लेख गर्दै उनले आप्mना श्रीमान् दीपक बोहरा र छोरी चाँदनी बोहराप्रति समर्पित गर्दै एकल साँझमा २५ गीत प्रस्तुत गरिएको जानकारी गराइन्। हालसम्म उनका सयौं गीत रेकर्ड भइसकेका छन्।
एकल साँझमा भने जननी जन्म भूमिश्च, कहीं कतै लडखडाए भने, फर्काइदेऊ मेरो प्रेमपत्रहरू, बाँध बाँध मलाई मायाले बाँध, त्यो दिन याद गर, भूल भयो मबाट, फर्की आऊ शान्ति तिमी, कसले पो देख्छ र, यति गहिरो चोट, सिमलको फूल सरी, म झरनास“ग झरझर, बदनाम हुन देऊ, प्रकृति, यो लामो जीवनमा, मेरो आशक्तिका भावना, मलाई उजाड बनाएर, सेती खोलासँगसँगै तरौंला, के भूल गरेँ मैले, डाँडाकाँडा ढकमक ढाकी, आँखाको परेलीमा, तिमी मेरो प्रेम कहानी, ए नीलगगनमा उड्ने पन्छी, तिमी नभए यो, गुराँसको रङ रातोलगायतका गीत प्रस्तुत गरिएको थियो।
उनका सिर्जनामा प्रत्यक्ष वाद्यवादनसहित प्रमोद खरेल, बानिका प्रधान, माण्डवी त्रिपाठी, प्रविन बेडवाल, जगदीश समाल, कर्णदास, प्राश्ना शाक्य, आनन्द कार्की, संगीता राना प्रधान, निशा देशार, संजय तुम्रुक, विश्व नेपाली, टीका प्रसाईं, सरिता शाही, सुरेश लामालगायतले गीत गाएका थिए। यी गीतमा शम्भुजीत बाँसकोटा र दीपक जंगमले संगीत दिएका थिए।
कार्यक्रममा गायिका तथा संगीतकार मीरा राणा, साहित्यकार उषा शेरचन, फिल्म सम्पादक नरेन्द्र खड्का, गायक कर्णदास, कलापत्रकारद्वय राजाराम फुयाँल र डब्बु क्षेत्री, संगीतकार तथा संयोजक मनोहर सुनाम र अमूल कार्की ढली, फोटोग्राफर मनोज शाही तथा नृत्यांगना प्रितिशा केसीलाई जनही २१ हजार रुपैयाँ सहित सम्मान गरिएको थियो।











प्रतिक्रिया