काठमाडौँ।
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्ने आरोप निराधार र सरकारद्वारा प्रायोजित भएको दाबी गरेका छन्।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शर्माले कांग्रेसको विशेष महाधिवेशन विधिसम्मत रूपमा सम्पन्न भएको र निर्वाचन आयोगले समेत संविधानबमोजिम अद्यावधिक गरिसकेको बताए।
उनले ७ हजारभन्दा बढी प्रतिनिधिको सहभागितामा सम्पन्न १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति विधि र प्रक्रियाअनुसार अघि बढिरहेको स्पष्ट पारे।
शर्माले सञ्चारमाध्यममाथि भइरहेको दबाब र त्रासप्रति पनि आपत्ति जनाउँदै मिडिया हाउसलाई अवरोध गर्ने तथा विपक्षी दललाई बदनाम गर्न तथ्यहीन आरोप फैलाउने गतिविधि तत्काल रोक्न सरकारलाई चेतावनी दिए।











प्रतिक्रिया