काठमाडौं ।
बैंकिङ कसूर मुद्दामा एक करोड ५१ लाख रुपैयाँ जरिवाना र एक वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादी सुबिन बैदार पक्राउ परेका छन्। काठमाडौं जिल्ला अदालतको २०८३ असार ३२ गतेको फैसलाले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ निवासी ४० वर्षीय बैदारलाई उक्त जरिवाना र कैद सजाय तोकेको थियो।
दिपक चापागाईंको जाहेरीका आधारमा नेपाल सरकार वादी र बैदार प्रतिवादी रहेको बैंकिङ कसूर मुद्दामा दोषी ठहर भएपछि उनी सजाय भुक्तान नगरी फरार रहेका थिए। काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा लुकिछिपी बसेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई कात्तिक १८ गते बनेपा नगरपालिका–७ बाट पक्राउ गरेको हो। पक्राउ परेका बैदारलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ।











प्रतिक्रिया