काठमाडौँ।
नेपाली कांग्रेसले सरकार स्वेच्छाचारी र निरङ्कुश बन्दै गएको आरोप लगाउँदै ‘भय र भ्रमको शासन’ तत्काल बन्द गर्न चेतावनी दिएको छ।महामन्त्री प्रदीप पौडेलले बुधबार जारी गरेको वक्तव्यमा राज्य संयन्त्रको दुरुपयोग, प्रतिपक्षको आवाज दबाउने प्रयास र पार्टीविरुद्ध फैलाइएको प्रचारको राजनीतिक तथा कानुनी रूपमा प्रतिवाद गर्ने बताएका छन्।
कांग्रेसले ‘इनम सापकोटा प्रकरण’ मा प्रधानमन्त्री कार्यालय र उच्चपदस्थ अधिकारीहरूको संलग्नतामा राज्यका निकायको दुरुपयोग भएको आरोप लगाउँदै घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गर्न माग गरेको छ।पार्टीले उपसभापति पुष्पा भुषालको नेतृत्वमा कानुनी परामर्श अघि बढाउने र संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको नेतृत्वमा संसद्मा सशक्त रूपमा आवाज उठाउने निर्णयसमेत गरेको छ।
कांग्रेसले पार्टीको वैधानिकता र नेतृत्वविरुद्ध सार्वजनिक गरिएका अडियो तथा प्रचारलाई निराधार र नियोजित भन्दै विधिको शासन, न्यायपालिकाको स्वतन्त्रता र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न सरकारलाई आग्रह गरेको छ।सरकार जनताको राहत, अर्थतन्त्रको पुनरुत्थान र जलवायु सङ्कट समाधानमा केन्द्रित हुनुपर्नेमा नागरिक तथा प्रतिपक्षको आवाज दबाउन लागेको कांग्रेसको आरोप छ।
कांग्रेसको विज्ञप्ति :













प्रतिक्रिया