नातिलाई सपिङ गराउन भाटभटेनी पुगे एमाले अध्यक्ष ओली


काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नातिलाई सपिङ गराउन भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केट पुगेका छन्।

पार्टी कार्यालयबाट फर्किने क्रममा ओली आज दिउँसो नातिसहित भाटभटेनी पुगेका हुन्। आकस्मिक पुगेका ओलीलाई भाटभटेनीका कर्मचारीहरूले स्वागत गरेका थिए।

सुपरमार्केटमा उपस्थित सर्वसाधारणले ओलीसँग तस्बिरसमेत खिचाएका थिए।