ओलीको सरकारमाथि कटाक्ष : ‘अर्‍हाएको काम गर्छन् भनेर आईजीपी बनाएको होला’


काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दानबहादुर कार्कीलाई हटाएर डा. मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरिएको विषयमा संक्षिप्त प्रतिक्रिया दिएका छन्।

बुधबार पार्टी कार्यालयमा पत्रकारहरूले सोधेको प्रश्नमा ओलीले भने, ‘उहाँहरूले अर्‍हाएको काम गर्छन् भनेर बनाएको होला।’

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई पदमुक्त गरी विशेष सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो। त्यसपछि सरकारले डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको हो।