काठमाडौँ।
नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।
केसी आजै नेपाल प्रहरीको ३४औँ प्रहरी महानिरीक्षकमा नियुक्त भएका हुन्। यसअघि प्रहरी महानिरीक्षकलाई गृहसचिवले दर्ज्यानी चिह्न लगाइदिने प्रचलन थियो।











प्रतिक्रिया