काठमाडौं ।
मन्त्रिपरिषद्को बैठक आज बुधबार पनि बस्दै छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बैठक बस्न लागेको हो।
यसअघि मंगलबार पनि मन्त्रिपरिषद्को बैठक बसेको थियो। मंगलबारको बैठकले प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधनसम्बन्धी अध्यादेश तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।











प्रतिक्रिया