सेखा सामुदायिक क्लब सेमिफाइनलमा

0
Shares

संखुवासभा

जारी संखुवासभा गोल्डकपमा सेखा सामुदायिक क्लब सेमिफाइनलमा पुगेको छ । आयोजकको टोलीले झापा ११ एफसीलाई २–० ले हराएको हो । टोलीको जितमा मिलन लिम्बुले दुबै गोल गरेका थिए । जिल्लाको मानेभज्याङमा सोमबारबाट शुरु भएको प्रतियोगितामा न्यू स्टार क्लब सुनसरीले ट्राईबेकरमा एडभान्स क्लबलाई हराउदै अन्तिम चारको स्थान सुरक्षित गरेको थियो ।

त्यस्तै प्लानिङ ब्वाईज युनाईटेड क्लब काठमाण्डौले खाँदवारी यूथ क्लबलाई २–१ ले हराएको थियो । लोहरुङ क्लब पाङमाले सलहेस यूवा क्लब सिरहालाई टाइब्रेकरमा पराजित गरेको थियो । यससँगै आयोजक टिम एडभान्स क्लब सहित ४ टोली प्रतियोगिताबाट बाहिरिएका छन् ।
काठमाडौ, सुनसरी, झापा लगायत जिल्लाका ८ टोलीको सहभागिता रहेको प्रतियोगितामा विजेताले नगद ५ लाख प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले ३ लाख नगर प्राप्त गर्नेछ ।