नगरकोटमा वर्ल्डलिंकको नयाँ सम्पर्क कार्यालय सञ्चालन


काठमाडौं ।

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नगरकोटमा नयाँ सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ ।

नगरकोटको पर्यटन तथा आतिथ्य क्षेत्रको डिजिटल सेवा र व्यावसायिक कनेक्टिभिटी विस्तार गर्ने उद्देश्यले कम्पनीले नयाँ कार्यालय सञ्चालनमा ल्याएको हो ।

नयाँ कार्यालयले विशेषगरी नगरकोटका होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा अन्य पर्यटनसम्बद्ध व्यवसायसँग प्रत्यक्ष सम्पर्क र व्यावसायिक सहकार्य विस्तार गर्ने कम्पनीले जनाएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै आएको नगरकोटमा पछिल्लो समय होटल तथा रिसोर्ट व्यवसाय विस्तार हुँदै गएको छ । पर्यटकको अनलाइन बुकिङ, डिजिटल भुक्तानी, सञ्चार तथा होटल व्यवस्थापनलगायतका काममा इन्टरनेटको प्रयोग बढ्दै गएको अवस्थामा नयाँ कार्यालयले स्थानीय व्यवसायीलाई आवश्यक डिजिटल समाधानबारे जानकारी तथा सेवा समन्वयमा सहयोग पुर्‍याउने अपेक्षा कम्पनीको छ ।

कम्पनीका अनुसार नगरकोटमा सञ्चालनमा आएको सम्पर्क कार्यालय मुख्यतः व्यावसायिक बिक्री तथा व्यवसाय विकासमा केन्द्रित हुनेछ । यसमार्फत होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा अन्य व्यावसायिक प्रतिष्ठानका इन्टरनेट र कनेक्टिभिटीसम्बन्धी आवश्यकता पहिचान गरी उपयुक्त समाधान उपलब्ध गराउन सहजीकरण गरिनेछ ।

कार्यालयले स्थानीय व्यवसायसँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्ने, नयाँ व्यावसायिक सम्भावना पहिचान गर्ने तथा ग्राहकका आवश्यकताअनुसार सम्बन्धित टोलीसँग समन्वय गर्ने कम्पनीले जनाएको छ ।

नगरकोटमा पर्यटन पूर्वाधारसँगै डिजिटल पूर्वाधारको विकास पनि आवश्यक बन्दै गएको सन्दर्भमा नयाँ सम्पर्क कार्यालयले स्थानीय पर्यटन तथा आतिथ्य व्यवसायलाई डिजिटल सेवासँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

वर्ल्डलिंकले देशभरका आवासीय तथा व्यावसायिक ग्राहकलाई इन्टरनेट कनेक्टिभिटी र डिजिटल सञ्चारसम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।