काठमाडौं ।
महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानअन्तर्गत ग्राहकलाई विशेष छुट तथा सुविधा प्रदान गर्ने विषयमा सहकार्य भएको छ ।
सहकार्यअनुसार महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले दराज नेपालमार्फत सामान खरिद गर्दा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
बैंकका अनुसार २०८३ कात्तिक १५ देखि २५ गतेसम्म लागू हुने योजनामा डेबिट कार्डबाट भुक्तानी गर्दा खरिद रकमको १५ प्रतिशत वा अधिकतम १ हजार ५०० रुपैयाँसम्म छुट पाइनेछ । त्यस्तै, क्रेडिट कार्डबाट भुक्तानी गर्दा खरिद रकमको २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सकिनेछ ।
उक्त छुट प्राप्त गर्न ग्राहकले दराजबाट भौचर संकलन गर्नुपर्नेछ । योजनाको अवधिमा सहभागी हुने ग्राहकलाई पहिलो प्राथमिकताका आधारमा छुट प्रदान गरिने बैंकले जनाएको छ ।
विश्वव्यापी रूपमा मनाइने ११.११ अभियानमार्फत बैंकले आफ्ना डिजिटल बैंकिङ सुविधा विस्तार गर्ने उद्देश्यले दराजसँग सहकार्य गरेको जनाएको छ । यस सहकार्यले ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहित गर्नुका साथै भुक्तानी प्रक्रियालाई सहज बनाउन र डिजिटल नवप्रवर्तनमार्फत ग्राहक सन्तुष्टि बढाउन सहयोग पुग्ने बैंकको विश्वास छ ।
गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको छ ।











प्रतिक्रिया