विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक, अमेरिकी डलर १४८ रुपैयाँ नाघ्यो


काठमाडौँ ।

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ। निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा रहेको छ।

राष्ट्र बैङ्कका अनुसार युरो एकको बिक्रीदर १६३ रुपैयाँ ०७ पैसा, बेलायती पाउन्डको १९४ रुपैयाँ ७५ पैसा र स्वीस फ्र्याङ्कको १७६ रुपैयाँ ६० पैसा कायम भएको छ।

त्यस्तै, कुवेती दिनार एकको बिक्रीदर ४८० रुपैयाँ ८४ पैसा, बहराइन दिनारको ३९३ रुपैयाँ ८८ पैसा र ओमनी रियालको ३८५ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा परिवर्तन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्नेछ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।