सुनचाँदीको मूल्य घट्यो, सुन तोलाको २ लाख ४२ हजार ६ सय


काठमाडौँ ।

नेपाली बजारमा आइतबार सुनचाँदी दुवैको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेर २ लाख ४२ हजार ६ सय रुपैयाँ कायम भएको छ। शुक्रबार सुन प्रतितोला २ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटेको छ। शुक्रबार ३ हजार ११० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ३ हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ७ हजार ९९० रुपैयाँ र चाँदीको मूल्य प्रतिदश ग्राम २ हजार ६२८ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।