आगामी कार्तिक २६ गते प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म बाटुलो जूनको शीर्ष गीत सार्वजनिक गरिएको छ।
युट्युबबाट सार्वजनिक गीतमा फिल्मका प्रमुख कलाकार अनमोल केसी र प्रिन्सी खतिवडास“गै निर्देशकसमेत रहेका अभिनेता भुवन केसी र अभिनेत्री गरिमा पन्तलाई पनि प्रस्तुत गरिएको छ। पछिल्लो समय नेपालबाहिर रह“दै आएकी गरिमाका लागि बाटुलो जून कमब्याक फिल्म हो। शीर्ष गीतमार्फत उनको उपस्थिति सार्वजनिक भएस“गै फिल्ममा उनको भूमिकाबारे दर्शकमाझ चासो बढेको छ।

राम अविरल बिष्टको शब्द रहेको गीतमा एसडी योगी र सानु सुनारको स्वर रहेको छ। गीतको संगीत संयोजन पनि गायक योगीले नै गरेका छन्। नृत्य निर्देशक कविराज गहतराजले गीतको शब्द र संगीतअनुसार कलाकारहरूलाई आकर्षक ढंगले भिडियोमा प्रस्तुत गरेका छन्। जिया केसी र भविष्य खड्का निर्माता रहेको फिल्ममा नेन्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना, लक्ष्मी गिरी, दीपक केसी, रेअर राई, श्वेता मिश्र, सुजन भाइ, सविन कट्टेल, सिद्धार्थ सिंह, अमितेश शाह, हीना नगरकोटी, संगी अधिकारी पोखरेललगायतले पनि अभिनय गरेका छन्। सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेख रहेको फिल्ममा रोमन बज्राचार्यको पाश्र्व संगीत र कृष्ण भण्डारीको सम्पादन रहेको छ।











प्रतिक्रिया