वार्नरको ब्याट नचलेपनि काठमाडौंको जित

846
Shares

काठमाडौं

नेपालमा आएर पहिलोपटक खेलेका अस्ट्रेलियाका महान खेलाडीमध्ये एक डेभिड वार्नरको ब्याटिङ चल्न सकेन । सोमबार त्रिवि मैदानमा भएको नेपाल प्रिमियर लिगअन्तर्गत् कर्णाली याक्सविरुद्धको खेलमा वार्नरले १६ रन मात्रै बनाए ।

आइतबार मात्रै नेपालमा पुगेका ४० वर्षीय वार्नर जारी नेपाल प्रिमियर लिगमा खेल्ने सबैभन्दा बढी चर्चित र सफल क्रिकेटर हुन् । काठमाडौं गोर्खाजसँग अनुबन्ध भएका उनले नेपाल आउन ढिलो भएको हुँदा पहिलो खेल ( जनकपुर बोल्टस्विरुद्ध) खेल्न पाएनन् । जुन खेलमा उनको टोली पराजित भएको थियो ।
काठमाडौंको लागि दोस्रो खेलमा भने वार्नर आरामै नलिई खेल्न पुगे । उनको ब्याटिङ हेर्न त्रिवि मैदान वरिपरि दर्शकको बाक्लै उपस्थित थिए । उनले सुरुमा त बाउन्ड्री हानेर त्यहाँ उपस्थित दर्शकलाई खुशी तुल्याएका थिए ।

नेपालकै उत्कृष्ट फास्ट बलर सोमपाल कामीको पहिलो ओभरमा चौका प्रहार गर्दा उनले लामै इनिङ खेल्ने संकेत पनि गरेका थिए । तर, उनी सो ओभरकै अन्तिम बलमा बोल्ड भए । आउट भएपछि उनी निकै निरास भए । उनले १० बलको सामना गरी तीन चौका प्रहार गरेका थिए ।

वार्नरको ब्याट नचलेपनि काठमाडौंले भने सो खेलमा सुखद नतिजा बेहो¥यो । काठमाडौंले कर्णालाीलाई ४ विकेटले हराएको हो । १ सय ८१ रनको ठूलै लक्ष्य काठमाडौले २ बल अगावै ६ विकेटको क्षतिमा भेट्टाएको थियो । यो काठमाडौंको दुई खेलमा पहिलो जित र कर्णालीको लागि तेस्रो खेलमा पहिलो हार हो ।

तेस्रो विकेटका लागि ५४ रन र पाँचौं विकेटका लागि ५५ रनको साझेदारी हुनाले नै काठमाडौंलाई जितसम्म डो¥याएको थियो । यी दुबै अर्धशतकीय साझेदारीमा रासिद खान भागीदार बनेका थिए । टोलीको जितमा उनले सर्वाधिक ५० रन र कप्तान करण केसीले २० बलमै ४४ रन जोडेका थिए ।

वार्नरबारे तथ्य

-वार्नर अस्ट्रेलियाका बायाँ हाते उत्कृष्ट ब्याटर हुन् । उनले अस्ट्रेलियाको तर्फबाट थुप्रै टेस्ट, एकदिवसीय र टी २० खेल खेलेका थिए । अस्ट्रेलियाले २०२३ मा एकदिवसीय विश्वकप जित्दा उनी टोलीमा सदस्य थिए ।

-उनले टेस्टमा ११२ खेल खेल्दै ८ हजार ७८६ रन बनाएका थिए । यस क्रममा उनले २६ शतक र ३७ अर्धशतक (५० रन) प्रहार गरे । उनको टेस्ट क्रिकेटमा व्यक्तिगत उच्चतम रन ३३५ नटआउट हो । पाकिस्तानविरुद्ध बनेको यो रन अस्टे«लियाको तर्फबाट दोस्रो उच्चतम व्यक्तिगत रन हो । यस फरम्याटबाट उनले २०२४ जनवरीमा संन्यास लिएका थिए ।

-एकदिवसीय अन्तर्राष्ट्रियबाट पनि २०२४ जनवरीमा संन्यास लिएका उनले यस फरम्याटमा १६१ खेलमा ६ हजार ९३२ रन बटुलेका थिए । जसमा २२ एकदिवसीय शतक सामेल थिए । उनको व्यक्तिगत उच्चतम रन १५९ हो ।

-उनले टी २० अन्तर्राष्ट्रियमा ११० खेल खेलेका थिए । जसमा उनले केवल १ शतक प्रहार गर्दै ३ हजार २७७ रन जोडेका थिए । यस फरम्याटबाट उनले जुन २०२४ मा संन्यास लिएका थिए ।

-विश्वका विभिन्न फ्रेन्चाइजी लिगमा खेलेका उनको उपस्थित नेपाल प्रिमियर लिगमा पनि भएको छ । उनले बिगबास लिग, पाकिस्तान सुपर लिग, इन्डियन प्रिमियर लिग जस्ता लोकप्रिय फ्रेन्चाइजी लिगमा खेले ।