काठमाडौँ ।
बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल उद्योगमा आगलागी हुँदा ८ जना घाइते भएका छन्।
आइतबार बिहान करिब ५ः४० बजे विद्युत् सर्ट सर्किटका कारण फलाम पगाल्ने भट्टीमा आगलागी भएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये ५ जना बाँकेका र ३ जना भारतको बहराइच जिल्लाका रहेका छन्। घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ भने अन्यको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ।
नेपालगञ्ज र कोहलपुरका तीन दमकल, प्रहरी तथा स्थानीयवासीको सहयोगमा बिहान सवा ८ बजे आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगलागीबाट भएको अन्य क्षतिको विवरण आउन बाँकी छ।
यी हुन् घाइतेहरू :
१. जिल्ला बाँके, जानकी गाउँपालिका–५ बस्ने वर्ष २८ का शिवप्रसाद चमार (अवस्था मध्यम)
२. सोही ठाउँ बस्ने वर्ष २२ का रामदिन हरिजन (अवस्था मध्यम)
३. ऐ.ऐ. बस्ने वर्ष २४ का प्रेम धोबी (अवस्था सामान्य)
४. सोही ठाउँ बस्ने वर्ष २९ का दिलीपकुमार यादव (अवस्था सामान्य)
५. सोही ठाउँ बस्ने ३५ का लक्ष्मीराम यादव (अवस्था सामान्य)
६. भारत, जिल्ला बहराइच, कठौतिया बस्ने वर्ष २९ का राजकुमार निषाद (अवस्था सामान्य)
७. सोही ठाउँ बस्ने वर्ष २४ का नशिवकुमार निषाद (अवस्था सामान्य)
८. सोही ठाउँ बस्ने वर्ष २५ का विनोदकुमार निषाद, (अवस्था सामान्य)











प्रतिक्रिया