गृहिणीदेखि चिकित्सक, इन्जिनियर र व्यवसायीसम्म। पेसा फरक, अनुभव फरक, तर लक्ष्य एउटै—आप्mनो प्रतिभा र व्यक्तित्वलाई फराकिलो मञ्चमा चिनाउने। ह्वीसपर मिसेस नेपाल वल्र्ड २०२६ को अन्तिम प्रतिस्पर्धामा पुगेका २२ महिलाले नृत्य, अभिनय र कविता वाचनमार्फत यसैगरी आप्mनो क्षमता प्रस्तुत गरेका छन्।
रिवन इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको प्रतियोगिताअन्तर्गत ट्यालेन्ट शोमा उनीहरूले फरकफरक प्रतिभा प्रदर्शन गरेका हुन्। ट्यालेन्ट शोबाट उत्कृष्ट प्रतियोगी छनोट गरी मिसेस ट्यालेन्टको उपाधि प्रदान गरिने आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत निशुकान्त झाले जानकारी गराए। विजेताको घोषणा कात्तिक १४ गते हुने अन्तिम प्रतिस्पर्धाका दिन गरिने पनि उनले बताए।
ट्यालेन्ट राउण्डको मूल्यांकन संगीतकार राजु सिंह, नृत्य निर्देशक जोगेन्द्र केसी, अभिनेता तथा मोडल यसराज गराच र शिक्षाविद् ज्ञानेन्द्र लामाले गरेका थिए। काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा हुने अन्तिम प्रतिस्पर्धामा यस्मिन बेगम सइद, समीक्षा रानाभाट, स्वेक्षा पौड्याल, रस्ना श्रेष्ठ, नेहा गुप्ता, बिन्दु थापा राना, अञ्जु परियार, कञ्चन महर्जन, मोनिका तामाङ, शिल्पा न्यौपाने, शान्ता राना, सुनिता श्रेष्ठ कर्माचार्य, सन्ध्या लामा, बिनिता गुरुङ, ज्योति लामिछाने, सुष्मा थापा, क्रिस्टिना ज्ञवाली, प्रियशिखा खड्का, सगुन खनाल, सोफिया ढकाल, ऋचा शर्मा र दिप्ति ढुंगेल उपाधिका लागि भिड्दैछन्।
यस प्रतियोगिताको विशेषता प्रतिस्पर्धीहरूको विविध पेसागत पृष्ठभूमि पनि हो। गृहिणीस“गै डाक्टर, इन्जिनियर, बैंकर, व्यवसायी, नर्स र फेसन डिजाइनरका रूपमा सक्रिय महिलाहरूले एउटै मञ्चमा आप्mनो प्रतिभा प्रस्तुत गरिरहेका छन्।
प्रतियोगितामा मिसेस नेपाल वल्र्डको उपाधि जित्ने महिलाले अमेरिकामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता मिसेस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन्। यसै मञ्चबाट मिसेस नेपाल इन्टरनेसनल, एमएस इन्टरनेसनल र मिसेस कोस्मोका विजेतासमेत चयन गरिने आयोजकले जनाएको छ। ती उपाधिका विजेताले सिंगापुरमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने अर्की आयोजक शिला बास्तोलाले जानकारी गराइन्।
अश्विनी झाको कोरियोग्राफी तथा निशा बराइलीको सह–कोरियोग्राफीमा सञ्चालन हुने प्रतियोगिता गंगा महर्जन र विन्दिया श्रेष्ठको संयोजनमा सम्पन्न हुनेछ।











प्रतिक्रिया