कलाकर्मीहरू सम्मानित


नेपाली कला, साहित्य, गीतसंगीत, पत्रकारिता, फिल्म तथा सामाजिक क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउँदै आएका विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई राजधानीमा सम्मानित गरिएको छ।

मिलाप मासिकको आयोजनामा राजधानीमा आयोजित समारोहमा महाकाव्यकार खेमनाथ दाहाललाई टीका–गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार–२०८३ प्रदान गरिएको छ।

नेपाली कला क्षेत्रका त्रि–देवी चैतदेवी सिंह, वसुन्धरा भुसाल र भुवन चन्दको प्रमुख आतिथ्यतामा विभिन्न पर्वको शुभकामना आदानप्रदानसंगै विभिन्न सम्मान तथा पुरस्कार प्रदान गरिएको कार्यक्रममा गायक तथा संगीतकार कन्हैया सिंह र गायिका अञ्जना गुरुङले स्थापना गरेको टीका–गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार महाकाव्यकार दाहाललाई प्रदान गरिएको हो।

कार्यक्रममा उर्मिला श्रेष्ठ, विक्रमभक्त जोशी, राजु सिंह, खेमनाथ दाहाल, अम्बिका गुरुङ, उत्तम केसी, वसन्त वित्यासी थापा, देवेन्द्र बजगाईं, सुमिना श्रेष्ठ, निशिता जोशी, रश्मी पाण्डे, राज टाइगर, सुनिता कु“वर, मनोज परियार र सन्दीप भुजेललाई मिलाप कभर सम्मान प्रदान गरिएको थियो। त्यसै गरी डा. मोहनलाल घिसिङ, सीतारम पोखरेल, आरपी पन्त, गोपालकाजी कायस्थ, विजयरत्न तुलाधर, विनोद देवकोटा, सरोज बास्तोला, मञ्जु लावती, शशी लुमुम्बू, राधाकुमारी दाहाल, योगराज पाण्डे रञ्जन, अशोक बराल, शान्ति गुरुङ, वसन्ती सदा शंकर, विन्दिरा श्रेष्ठ, स्वस्तिका पन्थी र सुमन सापकोटालगायतलाई मिलाप सम्मान प्रदान गरिएको थियो।

मिलाप मासिककी कार्यकारी सम्पादक गीता अधिकारीले स्वागत गरेको कार्यक्रममा बालकलाकार काव्य अधिकारीले स्वागत नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रमको समापन गर्दै सभापति एवं मिलाप मासिकका सम्पादक कृष्ण भुसालले स्रष्टा र साधकको योगदानको सम्मान गर्नु नेपाली कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनको महत्वपूर्ण आधार भएको चर्चा गरे।