प्रेमलाई क्षणिक आकर्षणमा मात्र सीमित नराखी जीवनभरको सहयात्राका रूपमा प्रस्तुत गरिएको एनिमेटेड म्युजिक भिडियो उल्का सार्वजनिक गरिएको छ। गायक सञ्जीवन सत्यालको शब्द र संगीत रहेको भिडियो उनकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
उल्काले युवावस्थामा सुरु हुने प्रेम कसरी समयस“गै परिपक्व हु“दै जीवनका हरेक मोडमा एकअर्काको सहारा बन्छ भन्ने कथा प्रस्तुत गरेको छ। युवावस्थाको उत्साह, प्रकृतिस“ग बिताएका अविस्मरणीय क्षण र ताराले भरिएको रातबाट अघि बढ्ने प्रेमकथा अन्तत: जीवनका शान्त, सरल र आत्मीय पलसम्म पुग्छ। एनिमेसन प्रविधि प्रयोग गरिएको यस भिडियोमा प्रेमको भावनालाई दृश्यात्मक रूपमा उतारिएको छ।
एनिमेटेड पात्र, प्राकृतिक परिवेश र जीवनका विभिन्न चरणलाई समेटिएका दृश्यमार्फत प्रेमको निरन्तरता र सहयात्रालाई कलात्मक शैलीमा प्रस्तुत गरिएको छ। भव्य प्राकृतिक दृश्यबाट सुरु हुने कथाले समयको प्रवाहस“गै बदलि“दै जाने जीवन र सम्बन्धका विभिन्न आयामलाई समेट्छ। संगीत र एनिमेसनको संयोजनमार्फत सम्बन्धमा समयस“गै विकसित हुने भावनात्मक गहिराइलाई दर्शकमाझ पुर्याउने प्रयास भिडियोमा गरिएको छ।
गीतकार तथा संगीतकार सत्यालले उल्कामार्फत प्रेमको सुन्दरता, समर्पण र जीवनभर एकअर्काको साथ निभाउने प्रतिबद्धतालाई प्रस्तुत गरेका छन्।











प्रतिक्रिया