लक्ष्मी सनराइज बैंक गल्फ प्रतियोगिताको उपाधि दीपक कार्कीलाई


काठमाडौं।

गोकर्ण गल्फ क्लबमा शनिबार सम्पन्न लक्ष्मी सनराइज बैंक इन्भिटेसनल गल्फ प्रतियोगिता २०२६ को उपाधि दीपककुमार कार्कीले जितेका छन् ।

१४ ह्यान्डिक्यापमा खेलेका कार्कीले ४१ स्टेबलफोर्ड अंक जोड्दै उपाधि जितेका हुन् । दुई ह्यान्डिक्यापमा खेलेका टासी डोङ दोस्रो स्थानमा रहे ।

प्रतियोगितामा नोर्बु छिरिङ शेर्पाले ३७ ग्रस अंकसहित बेस्ट ग्रसको उपाधि जिते । महिला विधातर्फ ३४ अंक जोड्दै अञ्जिला योञ्जन विजेता बनिन् भने ३३ अंकसहित बिपना श्रेष्ठ दोस्रो भइन् ।

त्यस्तै, ६० वर्षमाथिको सिनियर विधामा ३४ अंकसहित प्रकाश एसजेबी राणाले उपाधि जिते । पूर्णमान शाक्य ३३ अंकसहित दोस्रो स्थानमा रहे ।

प्रतियोगितामा विजय श्रेष्ठ इनहाउसले लङ्गेस्ट ड्राइभ, रोबिन राणाले क्लोजेस्ट टु द पिन तथा टासी डोङले सर्वाधिक ६ बर्डिजको अवार्ड प्राप्त गरे ।

लक्ष्मी सनराइज बैंकको रङ झल्किने पोशाक लगाएर सहभागी भएका बिजयबहादुर श्रेष्ठ र आत्माराम सिम्खडाले एलिगेन्ट गल्फर अवार्ड प्राप्त गरे ।

लक्ष्मी सनराइज बैंकको प्रायोजनमा आयोजित प्रतियोगिता स्टेबलफोर्ड विधिअन्तर्गत तीन चौथाइ ह्यान्डिक्याप छुटका साथ सञ्चालन गरिएको थियो । प्रतियोगितामा ११ महिला खेलाडीसहित कुल ११२ जना गल्फ खेलाडी सहभागी थिए ।

प्रतियोगिताका विजेतालाई लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाल, प्रमुख कार्यकारी अधिकृत सुमेध भट्टराई र गोकर्ण गल्फ क्लबका क्याप्टेन जोसेफ नाथनले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।