रहस्यमयी पाँच पाण्डव


मल्टिस्टार फिल्म पाँच पाण्डवको ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरले फिल्मको कथालाई आंशिक रूपमा उजागर गर्दै मुख्य पात्रहरूको उद्देश्य र उनीहरूबीचको सम्बन्धलाई रहस्यमयी बनाएको छ।

ट्रेलरमा आफूलाई स्वर्गबाट आएको बताउने युधिष्टिर भीम, अर्जुन, नहकुल र सहदेवको खोजीमा देखिन्छन्। पृथ्वीमा भइरहेको आन्दोलन, दमन, यातना र अपराधका दृश्यस“गै सुन्दर युवतीको आकर्षणमा युधिष्टिर आफैं मोहित भएको ट्रेलरमा प्रस्तुत गरिएको छ। फिल्मका मुख्य पात्र एकातिर महाभारतका पा“च पाण्डवका रूपमा प्रस्तुत छन् भने अर्कोतिर समकालीन समाजका पात्रका रूपमा पनि देखिन्छन्। पौराणिक चरित्र र वर्तमान समाजका घटनालाई कसरी जोडिएको छ भन्ने जिज्ञासा ट्रेलरले थप बलियो बनाएको छ।

वसन्त निरौलाको निर्देशनमा निर्माणाधीन फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला पा“च पाण्डवको भूमिकामा छन्। दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी, सीता न्यौपाने, रितेश पौडेल ९रितेशजंग खत्री० लगायत कलाकार मुख्य भूमिकामा छन्। तिहारको अवसर पारेर कात्तिक २० गते रिलिजमा आउने फिल्म काली रानी फिल्म्स्को ब्यानरमा काली रानी श्रेष्ठले निर्माण र नवीन श्रेष्ठले प्रस्तुत गरेका हुन्।