लन्डन, (एजेन्सी)
पोर्चुगलका विश्वप्रसिद्ध फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो खेल जीवनमा ऐतिहासिक कीर्तिमान रच्दै २ अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी गर्ने विश्वकै पहिलो सक्रिय खेलाडी बन्न सफल भएका छन् ।
फोब्र्सको पछिल्लो तथ्याङ्कअनुसार रोनाल्डोको करिअर आम्दानी करिब २ अर्ब ९ करोड डलर पुगेको छ, जुन नेपाली रुपैयाँमा १ अमेरिकी डलर बराबर १५२ रुपैयाँका दरले करिब ३ खर्ब ४ अर्ब रुपैयाँ हुन्छ । यो सुचीमा गल्फका चर्चित खेलाडी टाइगर वुड्स १ अर्ब ९७ करोड डलरसहित दोस्रो र अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेसी १ अर्ब ८७ करोड डलरसहित तेस्रो स्थानमा रहेका छन् ।
साउदी क्लब अल नासरबाट वार्षिक २० करोड डलरभन्दा बढी पारिश्रमिक लिइरहेका रोनाल्डोले यसअघि म्यानचेस्टर युनाइटेड, रियल मेड्रिड र युभेन्टसमा खेल्दा पनि उच्च कमाइ गरेका थिए भने मैदानबाहिरका विभिन्न व्यावसायिक सम्झौता र आफ्नै ब्रान्डले उनको सम्पत्तिलाई अझ उचाइमा पु¥याएको छ ।
यता, इन्टर मायमीबाट खेलिरहेका मेस्सीले पनि खेल पारिश्रमिक र प्रायोजन सम्झौताहरूको सहयोगमा सन् २०२७ को अन्त्यसम्ममा करिअर आम्दानी २ अर्ब २ करोड डलर पु¥याउने प्रक्षेपण गरिएको छ ।











प्रतिक्रिया