अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : बाबुछोराको घटनास्थलमै मृत्यु


अर्घाखाँची ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ मा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको घटनास्थलमै मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिवस जिसीका अनुसार गएराति लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भूमिकास्थान नगरपालिका–८ निवासी अन्दाजी ६२ वर्षीय देवीराम आचार्य र उनका २३ वर्षीय छोराको मृत्यु भएको हो।

भूमिकास्थान नगरपालिका–२, भूमेकाथान क्षेत्रमा भएको उक्त दुर्घटनामा दुवै जनाले घटनास्थलमै ज्यान गुमाएका प्रहरीले जनाएको छ।

दुर्घटना कसरी भयो भन्ने विषयमा थप विवरण प्राप्त हुन बाँकी छ। दुर्घटनाको कारण र अन्य विवरणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।