सिप्रदीको ‘महा–एक्सचेन्ज धमाका’ योजना सुरु, एक्साइड ब्याट्री खरिदमा ५० प्रतिशतसम्म छुट


काठमाडौं।

नेपालका लागि एक्साइड ब्याट्रीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडले दसैँ तथा तिहारलाई लक्षित गर्दै ‘महा–एक्सचेन्ज धमाका’ योजना सार्वजनिक गरेको छ। सन् २०२६ अक्टोबर १ देखि नोभेम्बर ३० सम्म सञ्चालन हुने यस योजनाअन्तर्गत ग्राहकले एक्साइड ब्याट्री खरिद वा पुरानो ब्याट्री एक्सचेन्ज गर्दा ५० प्रतिशतसम्म छुट पाउने कम्पनीले जनाएको छ।

योजनाअनुसार ग्राहकले जुनसुकै ब्रान्डका पुराना ब्याट्री साटेर नयाँ एक्साइड ब्याट्री लिन सक्नेछन्। नेपालभर रहेका सिप्रदी एक्साइडका आधिकारिक बिक्री केन्द्र तथा रिटेलरमार्फत यो सुविधा उपलब्ध हुनेछ।

कम्पनीले ग्राहकलाई थप लाभ दिन मासिक लक्की ड्रमार्फत क्यासब्याक र निःशुल्क ब्याट्री चेकअप तथा सर्भिसिङको सुविधा पनि ल्याएको छ। योजना अवधिभर हरेक महिना १५ जना ग्राहकले लक्की ड्रमार्फत ५० प्रतिशतसम्म क्यासब्याक जित्ने अवसर पाउनेछन्। साथै, ग्राहकले एकपटक निःशुल्क ब्याट्री चेकअप तथा सर्भिसिङ सेवा प्राप्त गर्नेछन्।

कसरी सहभागी हुने ?
यस योजनामा सहभागी हुन ग्राहकले नेपालभरका सिप्रदी एक्साइडका आधिकारिक बिक्री केन्द्र वा रिटेलरबाट एक्साइड ब्याट्री खरिद अथवा एक्सचेन्ज गर्नुपर्नेछ। त्यसपछि सिप्रदी स्टार एपमार्फत पेपरलेस वारेन्टी दर्ता गरेसँगै ग्राहक क्यासब्याक लक्की ड्रमा स्वतः सहभागी हुने कम्पनीले जनाएको छ।

योजनासम्बन्धी थप जानकारीका लागि कम्पनीका टोल फ्री नम्बर १६६००१५५७७७ वा ९८०१५७५७७७ तथा हटलाइन नम्बर ०१–५९७०३३९ मा सम्पर्क गर्न सकिनेछ।

दसैँ तथा तिहारको अवसरमा सार्वजनिक गरिएको यस योजनाले ग्राहकलाई पुरानो ब्याट्री साटेर नयाँ ब्याट्री खरिद गर्न तथा अतिरिक्त सुविधा प्राप्त गर्न अवसर प्रदान गर्ने कम्पनीको अपेक्षा छ।

Skip This