काठमाडौं ।
म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत तीन जना उपभोक्ताले यामाहा मोटरसाइकल र स्कुटर जितेका छन्।
वनेपाका कुमार राज र धादिङको गल्छीका संजोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन् भने सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका हुन्।
कम्पनीका अनुसार अभियानअन्तर्गत १८ जनाले यामाहा एफजेड एफआई मोटरसाइकल, १८ जनाले यामाहा रे जेडआर स्कुटर र एक जनाले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जित्ने अवसर पाउनेछन्।
अभियान अझै जारी रहेकाले उपभोक्ताले पुरस्कार जित्ने अवसर बाँकी रहेको कम्पनीले जनाएको छ।











प्रतिक्रिया