दशैं टेबलटेनिस प्रतियोगिता सम्पन्न


काठमाडौं, (नेस) ।

यल स्पोट्र्स एकेडेमीको आयोजनामा पहिलो संस्करणको दशैं टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको छ । ग्वार्को स्थित यल स्पोट्र्स एकेडेमीको नवनिर्मित प्रशिक्षण हलमा आज असोज २४ गते शनिवार पुरुष तर्फ ३०+, ४० + ५० + र ६० + गरि कुल ४ विधामा प्रतिस्पर्धा भएको थियो ।

३० + विधामा एपिएफ बिलाश श्रेष्ठ प्रथम भए । उनले एपिएफकै राजिव चिकंबन्जारलाई फाइनलमा पराजित गरेका थिए । त्यसैगरी खोल्चा पोखरीका योगेन्द्र महर्जन र एभिएमका सलिम ताम्राकारले तेस्रो हुदै कांस्य पदक हासिल गरे ।

त्यसैगरि ४०+ विधाको खेलमा राजकुमार खड्गीलाई हराउँदै बिमलराज घिमिरेले स्वर्ण पदक जिते । सोही विधामा एभिएमका अशोक महर्जन र किर्तिपुरका दिलोन श्रेष्ठले तेस्रो स्थान हासिल गरेका थिए ।

५० + विधामा एभिएमका जयराम महर्जनले सङ्घरत्न डंगोललाई पहिलो स्थान हासिल गरे । भक्तपुरका सुबोध जोंछे र बनेपाका मध्यश मकैले तेस्रो स्थानमा प्राप्त गरे ।

६० + मा खोल्चा पोखरीका प्रकाश धाख्वाले स्वर्ण पदक जित्दा किर्तिपुरका रबिन्द्र महर्जन रजत पदकमै सीमित भए । मनोहरि थापा र एभिएममा सुदर्शन प्रसाद गौतम कांस्य पदक हात पारे ।