अनमोल–प्रिन्सीको प्रेम

भुवनको शैलीमा


लोकप्रिय अभिनेता, निर्माता तथा निर्देशक भुवन केसीको निर्देशनमा निर्मित फिल्म बाटुलो जूनमा समावेश गीत मेरो मन चोर्यौ सुटुक्कै सार्वजनिक भएको छ।


घटस्थापनाको साइत पारेर सार्वजनिक गीतले फिल्मको प्रेमकथा र परिवेशलाई मात्र अघि बढाएको छैन, निर्देशक केसीको पुरानो शैलीलाई समेत सम्झाएको छ। युग भुसालको शब्द र संगीत रहेको गीतमा हिमांशु जान शर्मा र तृषा चटर्जीको स्वर रहेको छ। गीतको भिडियोमा विक्रम स्वा“रको कोरियोग्राफी छ। श्रुतिमधुर अडियोसँगै आकर्षक दृश्य संयोजनले गीतलाई रोचक बनाएको छ।

भव्य निर्माण र गीतको छनोटमा विशेष ध्यान दिने निर्देशक केसीले यसपटक पनि आप्mनो पुरानो शैलीलाई बाटुलो जुनमा निरन्तरता दिएका छन्। सामान्यतः फिल्मका गीतले प्रेम र रोमान्स प्रस्तुत गर्ने गर्छन्। तर मेरो मन चोर्यौ सुटुक्कैको भिडियोले टिजरमा देखाइएको कथा र त्यसको परिवेशलाई थप विस्तार गर्ने प्रयास गरेको छ। खोला किनार, घुम, डन्डिबियो र मकैबारीजस्ता दृश्यले दर्शकलाई पुरानो समयको ग्रामीण परिवेशमा पु¥याउ“छ। गीतको दृश्यात्मक प्रस्तुतिले विगतका नेपाली फिल्ममा देखिने प्रेमिल शैलीको समेत सम्झना गराउछ।

गीतमा फिल्मका मुख्य कलाकार अनमोल केसी र नवअभिनेत्री प्रिन्सी खतिवडा फिचर्ड छन्। टिजर सार्वजनिक भएपछि अनमोलको लुक्समा उनका पिता भुवन केसीको झल्को देखिएको प्रतिक्रिया आएको थियो। पहिलो गीतले पनि त्यो चर्चालाई थप बल पु¥याउने संकेत गरेको छ। गीतमा अनमोलको हाउभाउ र रोमान्टिक अन्दाजले भुवन केसीका पुराना फिल्मका गीतको स्मरण गराउ“छन्। बाबुको निर्देशनमा पर्दामा देखिएका अनमोलले आप्mनो प्रस्तुतिमार्फत पुरानो पुस्ताको रोमान्टिक नायकको शैलीस“ग सामीप्य देखाएका छन्।

यसै फिल्मबाट अभिनयमा डेब्यु पाएकी प्रिन्सी खतिवडाले पनि आप्mनो उपस्थितिले ध्यान खिचेकी छन्। गीतका शब्दअनुसार उनले प्रस्तुत गरेका हाउभाउ र अभिव्यक्तिमा देखिने स्वाभाविकपनले पुरानो समयकी अभिनेत्री कृष्टि मैनालीको झल्को दिन्छ। प्रिन्सीलाई मुख्य भूमिकामा छनोट गर्नुमा निर्देशक केसीको दृष्टि कस्तो छ भन्ने संकेतसमेत गीतले गरेको छ।

भुवन केसीको दोस्रो निर्देशकीय भूमिका रहेको फिल्ममा उनी स्वयंका साथै गरिमा पन्तको पनि अभिनय छ। सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको फिल्म आगामी कात्तिक २६ गते रिलीजमा आउनेछ। फिल्ममा राजेश श्रेष्ठको छायॉकन, कृष्ण भण्डारीको सम्पादन तथा रोमन बज्राचार्यको पाश्र्व संगीत रहेको छ।