प्रेम र माया पिरतीका गीत लेख्दै आएका गीतकार निर्मलरत्न शाक्यले यसपटक पाटनको इतिहास, संस्कृति र पहिचानको गुणगान गरेका छन्।
२ सय ६५ जना गायक गायिकाको स्वर र ६० जना कलाकारको अभिनय समेटिएको जय जय यल देय् बोलको गीतको म्युजिक भिडियोे सार्वजनिक गरिएको छ। यति ठूलो संख्यामा कलाकारलाई एउटै सांगीतिक सिर्जनामा जोडेर ललितपुरको कथा प्रस्तुत गर्ने प्रयास आफैंमा फरकखाले प्रयोग हो।
गीतमा संगीतकार मनराजा नकर्मीले संगीत भरेका छन् भने भूपेन्द्र बज्राचार्यले संगीत संयोजन गरेका छन्।विश्वास बज्राचार्य एवं समूहले निर्माण गरेको म्युजिक भिडियोमा ६० जना कलाकारको अभिनय रहेको छ। म्युजिक भिडियोमा ललितपुरको सांस्कृतिक परिवेश दृश्यात्मकरूपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ। गीतको भिडियो अमर चित्रकार र आकृष्ट शाक्यले छायाकन गरको हुन्।
गीतमा आधुनिक प्रस्तुतिस‘गै नेपाली मौलिक बाजागाजा यसमा प्रयोग गरिएको छ। सन्तोषभक्त श्रेष्ठको इसराज, सुरेशराज बज्राचार्यको सरोद तथा कुटुम्ब ब्यान्ड र वाद्य शिरोमणि घरानाको वाद्यवादन यसमा समेटिएका छन्।
गीतले नेपाल भाषा, पाटनको मौलिक संस्कृति र सम्पदाप्रतिको अनुरागलाई सामूहिक सांगीतिक प्रस्तुति मार्फत अभिव्यक्त गरेको संगीतकार
नकर्मीले बताए। गीत सांस्कृतिक जरा सम्झाउने सिर्जनात्मक प्रयासका रूपमा पनि बुझ्न जरुरी भएको ललितपुर महानगरपालिका उपप्रमुख मञ्जरी शाक्यको भनाइ छ। म्युजिक भिडियोका निर्देशक बज्राचार्यले यसले नेपाल भाषा र पाटनको मौलिक संस्कृतिको प्रवद्र्धनमा योगदान पु¥याउने अपेक्षा व्यक्त गरे।











प्रतिक्रिया