३८औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधी चरङे युथ क्लवको पोल्टामा ,जित संगै ४लाख पुरस्कार प्राप्त

0
Shares

बुटवल ।

रुपन्देहीको तिलोत्तको कुन्जलापुरमा ३८औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको उपाधी चरङे युथ क्लवले चुमेको छ । आइतवार भएको फाइनल खेलमा गोर्खा ब्वाईज क्लवलाई ३ एक गोलले पछाडी पादै चरङे युथ क्लवले उपाधी जितेको हो । उपाधी जितेसंगै चरङे युथ क्लवले ४ लाख नगद शिल्ड प्रमाणपत्र र मेडल पुरस्कार प्राप्त गरेको छ । त्यस्तै उपविजेतामा चित्त बुझाएको गोर्खा ब्वाईज क्लवले २ लाख रुपैयाँ नगद नगद शिल्ड प्रमाणपत्र र मेडलपुरस्कार प्राप्त गरेको छ् ।

प्रतियोगितामा विजेता तथा उप विजेता टीमलाई तिलोत्तमा नगर पालिकाका नगर प्रमुख रामकृष्ण खांणले पुरस्कार प्रदान गर्नु भएको हो । प्रतियोगितामा गोर्खा ब्वाईजका विदेशी खेलाडी शिला उत्कृष्ट डिफेन्डर, चरङेका कृष्ण आले उत्कृष्ट मिड फिल्डर ,चरङेकै भिम पुन उत्कृष्ट किपर चरङेकैअभिनास उत्कृष्ट खेलाडी र आयोजक झरनाका दिपसन सापकोटा उदयमान खेलाडी का रुपमा छनौट भै पुरस्कृत भएको म्याच कमिशार मोहन रानाले बताउनु भयोे ।

विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार सहित सममान गरिएको क्लबका अध्यक्ष धनेन्द्र पौडेलले बताउनु भयो । त्यस्त अघि गोर्खा ब्वाईजले शुक्रवार योङस्टार क्लव मडाहालाई सडेन डेथमा हराउदै फाइनलको यात्रा पक्का गरेको होे । विहिवार भएको पहिलो सेमिफाईनल खेलमा आयोजक झरना स्पोर्टस क्लवलाई हराउदै चरङे युथ क्लव फाईनलमा सुरक्षित भएको थियो ।