दसैंको माहोल, टीका–जमरा र सामूहिक विवाहको रमाइलो दृश्यलाई समेट्दै फिल्म आ बाट आमा २ को नयाँ गीत रातो टीका लाउदा क्या दामी देखियो सार्वजनिक भएको छ।

राजधानीमा आयोजित एक कार्यक्रमका बीच समारोहमा सरिक सबैलाई रातो टिका र जमरा लगाईदिएर गीत सार्वजनिक गरिएको हो। कार्यक्रममा फिल्मका कलाकारहरुले सार्वजनिक गीतमै नृत्य प्रस्तुत गरेर सबैलाई आकर्षित गरेका थिए।
डान्सिङ शैलीमा तयार पारिएको गीतको भिडियोमा पल शाह, मलिका महत, आकाश श्रेष्ठ, साइग्रेस पोखरेल, रिश्ता गुरुङ, निकिता आचार्यलगायतका कलाकार सामूहिक रूपमा नाच्दै रमाइलो गरेको देखिन्छ। दसैंको उत्सवस“गै सामूहिक विवाहको प्रसंगलाई भिडियोमा प्रस्तुत गरिएको छ। गीतको भिडियोमा अभिनेता सबिन श्रेष्ठलाई लाहुरेको भूमिकामा देखाइएको छ। सामूहिक विवाहको दृश्यमा कलाकारहरूको सामूहिक नृत्यलाई विशेष रूपमा प्रस्तुत गरिएको छ। दसैंको सांस्कृतिक वातावरण, विवाहको उत्सव र कलाकारहरूको सामूहिक उपस्थितिले गीतको भिडियोलाई उत्सवमय बनाएको छ। गीतमा बाबुल गिरी र रचना रिमालको स्वर, बाबुल गिरीको शब्द रचना र संगीत तथा गम्भीर विष्टको कोरियोग्राफी रहेको छ।
चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशन रहेको फिल्ममा पल शाह, मलिका महत, विपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलिप अखेडालगायत कलाकारले अभिनय गरेका छन्।
फिल्ममा रोशन भट्ट र चन्द्र पन्तको लेखन, रोशन भट्टको संवाद, बाबुल गिरीको संगीत, गम्भीर विष्टको नृत्य निर्देशन, नवराज उप्रेतीको छायांकन, तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ।
फिल्मको रिलीज डेट नजिकिँदै जाँदा यसको टिम प्रमोशनका लागि देश दौडाहामा निस्केको छ। यस क्रममा टिमले बुटवलमा भव्य कन्सर्ट आयोजना गरेको छ। कन्सर्टमा अभिनेता पल शाह, अभिनेत्री मलिका महत र विपना थापालाई हेर्न बिहानैदेखि बुटवलको गोलपार्कमा हजारौँ दर्शक सहभागी भएका थिए। कन्सर्टमा फिल्मका कलाकार विपना थापा, पल शाह, आकाश श्रेष्ठ, मलिका महत, निकिता आचार्य र रिस्ता गुरुङसँगै गायक बाबुल गिरी, गायिका गंगा सोनामलगायत सहभागी भए। फिल्मका गायक, संगीतकार तथा गीतकार बाबुल गिरी र गायिका गंगा सोनामले फिल्मका गीत प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन दिएका थिए।











प्रतिक्रिया