कुनै समय एउटै सांगीतिक यात्राका सहयात्री रहेका सञ्जीव लामा र मनोज मोते लामो समयपछि एउटै मञ्चमा उभिँदा धरानमा ९० दशकको सांगीतिक सम्झना फेरि ब्युँझिएको छ। पुराना सहकर्मीको पुनर्मिलनसँगै दुवैले प्रस्तुत गरेको मुसु मुसु हासी देऊले नाइन्टिज धरान लाइभ कन्सर्टलाई भावनात्मक र सांगीतिक रूपमा विशेष बनायो।
धरान–१५ स्थित भिन्टेज बार एन्ड क्लबमा सिल्भर इन्टरटेनमेन्टले आयोजना गरेको कन्सर्टमा ९० दशकमा लोकप्रिय गीत–संगीत प्रस्तुत गरिएको थियो। मध्य रातसम्म चलेको कार्यक्रममा त्यस समयको संगीतसँग जोडिएको पुस्ता उल्लेख्य रूपमा सहभागी भयो। कलाकारले पुराना गीत सुनाउदै जाँदा दर्शक पनि उनीहरूसगै गाउन र नाच्न व्यस्त देखिए। कार्यक्रमको अन्त्यतिर मिक्स मेलोडी ब्यान्डका सञ्जीव लामाले आप्mना पुराना सहकर्मी तथा जेलर्स ब्यान्डका गायक मनोज मोतेलाई व्यक्तिगत रूपमा सम्मान गरे। लामाले मोतेलाई ट्रफी र नगद प्रदान गर्दै उनको सांगीतिक योगदानको कदर गरे। सम्मानपछि लामो समयपश्चात भेटिएका दुवैले पुरानो सहकार्य सम्झिए र आत्मीय क्षण साटे। त्यसपछि उनीहरू एउटै मञ्चमा मुसु मुसु हासी देऊ प्रस्तुत गर्दै दर्शकस“ग जोडिए।
९० दशककै सांगीतिक माहोललाई पुनर्जीवित गर्ने क्रममा कार्यक्रमका अन्य प्रस्तुतिले पनि दर्शकलाई पुराना दिनतर्फ फर्काए। मिक्स मेलोडी ब्यान्डका सञ्जीव लामाले सम्झनाहरुलाई अंगाल्दै, बर्सिएका यादहरू, म सधैंलाई, घुम्दै आउनू धरान बजार, चिपुगुच्चालगायतका गीत प्रस्तुत गरे।
जेलर्स ब्यान्डका मनोज मोतेले टाढा, जाने, हाम्रो जीवन र भेडेटार सुनाए। रोहित मास्केले दिउ“ला त्यो जवानी, मेरी मायालु, चिसो चिसो र मर्छु कि क्या होजस्ता आप्mना चर्चित गीत प्रस्तुत गरे।
ओझेल ब्यान्डका दिलु राईले माछी पर्यो, पूर्णिमाको जुनेली रात र उमेरले नौ डा“डा काटेछलगायतका गीत प्रस्तुत गरे। कार्यक्रममा प्रस्तुत अधिकांश गीतमा दर्शकले कलाकारस“गै स्वर मिलाए भने कतिपय गीतमा नाच्दै पुरानो सांगीतिक समयलाई सम्झिए।
कार्यक्रममा कलाकारको सम्मानको क्रमसमेत चल्यो। यसअघि आयोजक सल्भिर इन्टरटेनमेन्टले सञ्जीव लामालाई उनको लामो सांगीतिक योगदानको कदर गर्दै सम्मान गरेको थियो। प्रबन्ध निर्देशक सौरभ श्रेष्ठ, धरान संगीत प्रतिष्ठानका अध्यक्ष रमेश राई, उपाध्यक्ष हेम सुब्बा, सचिव कृष्णराज श्रेष्ठ, वरिष्ठ संगीतकर्मी रोशन शर्मा तथा कलाकार मनोज मोते, रोहित मास्के र दिलु राईले संयुक्त रूपमा लामालाई खादा तथा सम्मानपत्र प्रदान गरेका थिए। गोविन्द राजभण्डारीले सञ्चालन गरेको कन्सर्टमा ९० दशकका लोकप्रिय गीत, कलाकार र ब्यान्डलाई पुनः दर्शकमाझ प्रस्तुत गरिएको थियो। आयोजकका अनुसार पुरानो पुस्ताको सांगीतिक सम्झनालाई ताजा बनाउनुका साथै नया“ पुस्तालाई समेत त्यस समयको नेपाली संगीतसँग जोड्नु कार्यक्रमको उद्देश्य हो।
नाइन्टिज धरान लाइभ कन्सर्टपछि सल्भिर इन्टरटेनमेन्टले पूर्वी नेपालका विभिन्न सहरमा सांगीतिक टुर आयोजना गर्ने तयारी गरेको छ। ९० दशकका चर्चित गीत, कलाकार र ब्यान्डलाई केन्द्रमा राखिने उक्त टुरमार्फत त्यस समयका लोकप्रिय गीत–संगीतलाई पुनः दर्शकमाझ पु¥याउने र नया“ पुस्तासम्म जोड्ने योजना आयोजकको छ।











प्रतिक्रिया