काठमाडौं ।
स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला २ हजार ९०० रुपैयाँले बढेर २ लाख ९५ हजार ७०० रुपैयाँ पुगेको छ।
त्यसैगरी, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर ४ हजार ४०५ रुपैयाँ कायम भएको छ।
बिहीबार सुन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँ र चाँदी ४ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो।











प्रतिक्रिया