रीना रायको जीवनी सार्वजनिक


बलिउड अभिनेत्री रीना रायको जीवनी समेटिएको पुस्तक नेपालमा सार्वजनिक गरिएको छ। नेपाली राष्ट्रिय समाज सेवा परिषद्को आयोजनामा हालै राजधानीमा आयोजित कार्यक्रममा बीच रमेशकुमार रौनियार र उमेश कुमार रौनियारद्वारा लिखित पुस्तक सार्वजनिक गरिएको हो।

पुस्तकका लेखकद्वयले भारतीय कलाकार रायको जीवनी लेख्न पाएकोमा खुसी व्यक्त गरे। फेसबुकमार्फत प्रभु प्रसादले रीनाको जीवनी लेख्न आफूहरूलाई प्रेरित गरेको रौनियार दाजभाइले जानकारी गराए।

कार्यक्रममा इनोभा हस्पिटलका चेयरमेन गोकुल पन्तले डा. प्रिन्स रौनियारको भूमिकाकै कारण रीना रायको जीवनी पुस्तक प्रकाशन सम्भव भएको बताए। कलाकार टंक तिमिल्सिनाले रीनाको जीवनी नेपालमा प्रकाशन हुनु खुशीको विषय भएको बता। मनिष मानवले नेपालका लेखकद्वयले राष्ट्रस“ग सम्बन्धित दर्जनौ“ इतिहास लेख्दा समेत राज्यबाट उचित सम्मान नपाउनु दुःखद् भएको बताए।

डा. युद्ध एस. रौनियारले मानव सभ्यताको हैसियतबाट भारतीय कलाकार रीना रायको सम्पूर्ण जीवनीलाई कलात्मक रूपमा प्रस्तुत गर्दै लेखकद्वयले नेपालमा प्रकाशन गर्नु सकारात्मक विषय बनेको बताए।