आमा बन्दै महिरा खान

४१ वर्षमा दोस्रोपटक


पाकिस्तानी अभिनेत्री महिरा खान ४१ वर्षको उमेरमा दोस्रोपटक आमा बन्ने भएकी छन्।
बलिउड फिल्म रइसबाट अभिनेता शाहरुख खानस“गै हिन्दी फिल्ममा डेब्यु गरेकी महिराले टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभल २०२६ मा आफ्नो गर्भावस्थाको खबर सार्वजनिक गरेकी हुन्। उनले बेबी बम्प देखिएको तस्बिर सार्वजनिक गर्दै जीवनको नया“ अध्याय सुरु हुन लागेको जानकारी दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

टोरन्टो फिल्म फेस्टिभलमा सहभागी हुने क्रममा महिरा सेतो गाउनमा देखिएकी थिइन्। सोही क्रममा सार्वजनिक भएको उनको बेबी बम्पसहितको तस्बिरले सामाजिक सञ्जालमा चर्चा पाएको छ। महिराले यसअघि नै सन्तानको विषयमा सार्वजनिक रूपमा धेरै कुरा नगरे पनि यसपटक भने आप्mनो व्यक्तिगत जीवनको महत्वपूर्ण खबर आफै“ सार्वजनिक गरेकी हुन्।

महिराका लागि यो दोस्रो सन्तान हुनेछ भने उनका पति सलिम करिमस“गको पहिलो सन्तान हुनेछ। महिराको यसअघि पहिलो पति अली अस्कारीबाट १७ वर्षीय छोरा अज्लान छन्। सन् २०२३ को अक्टोबरमा व्यवसायी सलिम करिमसँग विवाह गरेकी महिरा त्यसको करिब तीन वर्षपछि दोस्रोपटक आमा बन्न लागेकी हुन्।

महिराले सन् २०१६ मा शाहरुख खानस“ग रइसमा अभिनय गर्दै बलिउडमा प्रवेश गरेकी थिइन्। भारत–पाकिस्तान सम्बन्धका कारण त्यसयता उनको बलिउड यात्रा भने सहज रहन सकेन। तर पाकिस्तानी फिल्म तथा टेलिभिजनमा भने उनले आप्mनो अलग पहिचान बनाउ“दै आएकी छन्।

अभिनयस“गै व्यक्तिगत जीवनका कारण पनि चर्चामा आइरहने महिराको गर्भावस्थाको खबरले अहिले उनका प्रशंसकमाझ खुसी थपेको छ। ४१ वर्षको उमेरमा दोस्रोपटक मातृत्वको यात्रामा अघि बढ्न लागेकी महिराका लागि टोरन्टो फिल्म फेस्टिभलको यो उपस्थिति व्यावसायिकभन्दा पनि व्यक्तिगत जीवनको महत्वपूर्ण घोषणा बन्न पुगेको छ।