काठमाडौं, (नेस) ।
भारतीय महिला क्रिकेट टोलीकी कप्तान हरमनप्रीत कौरले अन्तर्राष्ट्रिय क्रिकेटअन्तर्गत् तीनै फम्र्याटको कप्तानीबाट राजीनामा दिएकी छन् । कप्तानी छाड्ने घोषणा गर्दै उनले यो निर्णय सहज नभएको बताइन् ।
उनले क्रिकेटप्रतिको मोह भएको हुँदा खेल्न भने नछाड्ने बताइन् ।
३७ वर्षीया हरमनप्रीतले सन् २०१६ देखि भारतीय टी–२० टोलीको कप्तानी सम्हाल्दै आएकी थिइन् । उनले सन् २०२२ मा एकदिवसीय टोलीको कप्तानी सम्हालेकी थिइन् भने २०२३ मा तीनवटै फरम्याटको कप्तान बनेकी थिइन् ।
उनको नेतृत्वमा भारतीय महिला क्रिकेट टोलीले हालै सम्पन्न एसियन गेम्समा स्वर्ण जितेको थियो । यस्तै गत वर्ष भारतले महिला एकदिवसीय क्रिकेटको विश्वकपको पहिलो उपाधि पनि उनकै नेतृत्वमा जितेको थियो ।











प्रतिक्रिया