परिवर्तन नेपालले राजधानीमा एक कार्यक्रम आयोजना गरी २०८२ सालका लागि विभिन्न क्षेत्रका कलाकर्मी तथा सञ्चारकर्मीलाई सम्मान र पुरस्कार प्रदान गरेको छ।
समारोहमा कलाकार शारदा गिरी र निर्देशक तथा कलाकार विश्वदीप घिमिरेलाई श्री दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार–२०८२ प्रदान गरियो। चार दशकदेखि नेपाली फिल्म तथा टेलिफिल्ममा अभिनय गर्दै आएकी गिरी र अढाई दशकभन्दा बढी समयदेखि नेपाली रंगमञ्च, फिल्म तथा टेलिफिल्ममा निर्देशन तथा अभिनय गर्दै आएका घिमिरेलाई उक्त पुरस्कार प्रदान गरिएको हो। २०७३ सालमा स्थापना गरिएको पुरस्कारको राशि जनही १५ हजार रुपैया रहेको छ।
यस्तै, सञ्चारकर्मी कृष्ण भट्टराईलाई चेतन कार्की स्मृति पुरस्कार प्रदान गरियो। नेपाली फिल्म क्षेत्रको विकास, विस्तार तथा पेशाकर्मीको उत्थानमा तीन दशकभन्दा बढी समयदेखि पत्रकारितामार्फत योगदान पु¥याएको भन्दै उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो। त्यसै गरी आप्mनो कला यात्राको प्रारम्भिक दिनमा परिवर्तन नेपालस“ग आबद्ध रहेका अभिनेता आर्यन सिग्देल, अभिनेता आशान्त शर्मा, कलाकार सरोज ओली तथा ललितकला कलाकार देवेन्द्र थुम्केलीलाई परिवर्तनकर्मी विशेष सम्मान प्रदान गरिएको छ।
फिल्ममा छाया“कनस“गै प्राविधिकको पेशागत हकहितका लागि प्रतिबद्ध भएर काम गर्दै आएका छायाकार वीरेन्द्रप्रसाद भट्ट तथा गीत–संगीत क्षेत्रमा पत्रकारितामार्फत योगदान पु¥याउ“दै र अवार्ड आयोजना गरी यस क्षेत्रको उत्थानमा सक्रिय सविता पोखरेललाई परिवर्तन पत्रकारिता सम्मान प्रदान गरियो। यसैगरी, नेपाली फिल्म क्षेत्रको श्रीवृद्धिमा पु¥याएको योगदानको कदर गर्दै चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष दिनेश डिसीलाई परिवर्तन विशेष सम्मानद्वारा सम्मानित गरिएको थियो।
नेपाली फिल्मकी प्रथम अभिनेत्री भुवन चन्दको सभापतित्वमा सम्पन्न समारोहमा परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले स्वागत मन्तव्य दिदै पितृ पक्षको समय पारेर आप्mना दिवंगत माता–पिता दुर्गादेवी तथा पुण्य निरौला र वरिष्ठ फिल्मकर्मी चेतन कार्कीको स्मृतिमा पुरस्कार तथा सम्मान अर्पण गरिएको बताए। वरिष्ठ कलाकार टीका पहारीले नेपाली कलाकारिता क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गरेर परिवर्तन नेपालले समाजमा सकारात्मक ऊर्जा प्रदान गरेको धारणा व्यक्त गरे। सम्मानित व्यक्तित्वका तर्फबाट धारणा राख्दै देवेन्द्र थुम्केलीले आयोजक संस्थाप्रति धन्यवाद ज्ञापन गरे।













प्रतिक्रिया