छोरीले सुख पाउने विश्वासमा अभिभावकले चिन्दै नचिनेको धनी केटासँग विवाह गराइदिएपछि त्यसले परिवारमा निम्त्याउने समस्या फिल्म अक्षराले उठाएको छ। विनयराज पौडेलको निर्देशनमा बनेको फिल्म असोज २३ गते शुक्रवारबाट प्रदर्शनमा आउँदैछ।
२ घण्टा १४ मिनेट लामो फिल्मले विवाहपछि उत्पन्न हुने पारिवारिक परिस्थितिलाई कथाको आधार बनाएको निर्माणपक्षले जानकारी गराएको छ। रिलिज नजिँकिदै जाँदा फिल्म निर्माण समूहले आइतवार कीर्तिपुरबाट २ सय ५० भन्दा बढी साइकल यात्रीले अक्षराको टि–सर्ट लगाएर कपनस्थित क्लब मण्डलासम्म साइकल ¥याली गरेको छ। ¥यालीमा अभिनेत्री न्यान्सी खड्का, पुष्कर राउत तथा फिल्मका निर्माता र निर्माणपक्षको सहभागिता थियो।
क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगानाको निर्मांण तथा सोनी थापा ढुंगानको प्रस्तुतिमा बनेको फिल्ममा कथा उग्रसेन ढुंगाना, पटकथा र संवाद अभिमन्यु निरवी र निर्देशक पौडेल, छायाँकन दिपेन बस्न्यात र सम्पादन गौतम खड्काका रहेको छ। सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने कार्यकारी निर्माता रहेको फिल्ममा न्यान्सी खड्कासँगै सुशील सिटौला, सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिश्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने ल्याग्री दादा, सृष्टि खड्कालगायतले अभिनय गरेका छन्।











प्रतिक्रिया