नेपाली फिल्ममा जम्बी विधाको प्रयोग गर्दै टनेल २६ प्रदर्शनको तयारीमा छ।
अभिनेता अनुपविक्रम शाहीले टनेल २६ नेपाली फिल्म उद्योगकै पहिलो जम्बी फिल्म भएको दाबी गरेका छन्। उनका अनुसार फिल्ममा नेपाली फिल्ममा यसअघि खासै नदेखिएको विषयवस्तुलाई हरर, मिस्ट्री, सस्पेन्स र थ्रिलरको मिश्रणमा प्रस्तुत गरिएको छ।
फिल्मबारे कुरा गर्दै अनुपले टनेल २६मा बिल्कुलै भिन्न कथा उठाइएको बताए। नेपाली फिल्म उद्योगको इतिहास हेर्दा पहिलोपटक जम्बी विधामा फिल्म बनाउने प्रयास गरिएको उनको भनाइ छ। त्यसैले हरर, मिस्ट्री, सस्पेन्स र थ्रिलर मन पराउने दर्शकका लागि फिल्म विशेष बन्न सक्ने उनले बताए। भारत, भुटान र नेपालको सहकार्यमा निर्माण भएको टनेल २६ असोज २३ गते रिलिज हुदैछ। तीन देशको सहकार्यमा फिल्म निर्माण भए पनि यसलाई भुटानी फिल्मका रूपमा बुझ्न नहुने अनुपले दाबी गरेका छन्। उनका अनुसार नेपालमा टनेल २६ नेपाली भाषामा रिलिज हुनेछ भने भुटानमा भुटानी भाषामा प्रदर्शन गरिनेछ। भारतमा भने त्यहा“को भाषाअनुसार डब गरेर फिल्म रिलिज गरिनेछ। तीन देशको सहकार्यमा बने पनि नेपालमा रिलिज हुने हिसाबले टनेल २६ नेपाली फिल्म भएको उनको भनाइ छ।
भाषाअनुसार डब हु“दैमा फिल्मको पहिचान परिवर्तन नहुने तर्क गर्दै अनुपले नेपाली दर्शकले धेरै भारतीय फिल्म पनि नेपाली भाषामा डब गरेर हेर्ने गरेको उदाहरण दिए। भाषा परिवर्तन हु“दैमा त्यस्तो फिल्म भारतीय फिल्म हुन छोड्दैन भन्ने उनको भनाइ छ।
टनेल २६ को छाया“कन वास्तविक टनेलभित्र गरिएको थियो। त्यहा“ छाया“कन गर्ने क्रममा निकै कठिन अनुभव गर्नुपरेको अनुपले बताए। यद्यपि अहिले फिल्मको टिजरले पाइरहेको प्रतिक्रिया र दर्शकमा देखिएको उत्साहले छाया“कनका क्रममा भोगेका ती सबै दुःख बिर्साएको उनको भनाइ छ। टनेल २६ को टिजरले राम्रो प्रतिक्रिया पाइरहेको र फिल्मप्रति दर्शकको कौतुहलता पनि बढ्दै गएको अनुपले बताए। फरक विषयवस्तु, जम्बी विधा तथा हरर, मिस्ट्री, सस्पेन्स र थ्रिलरको मिश्रणका कारण फिल्मले दर्शकलाई नया“ अनुभव दिने अपेक्षा गरिएको छ।











प्रतिक्रिया