छोरीको इच्छा विपरीत विवाह अक्षरा


छोरीको चाहनाविपरीत अभिभावकले जबरजस्ती विवाह गराउदा परिवार र समाजमा निम्तिन सक्ने समस्याको कथा अब फिल्म अक्षरामार्फत पर्दामा आउने भएको छ।

विनयराज पौडेलको निर्देशनमा बनेको फिल्म आज शुक्रवारबाट अल नेपाल रिलिज हुन लागेको हो। क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा उग्रसेन ढुंगानाकोे निर्माण तथा सोनी थापाको प्रस्तुतिमा बनेको फिल्मले छोरीको इच्छा र अभिभावकीय निर्णयबीचको द्वन्द्वलाई पारिवारिक परिवेशमा प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ।

सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिश्ता अधिकारी, उत्तम केसी, गीता अधिकारीलगायतका कलाकारले अभिनय गरेको फिल्ममा कथा निर्माता उग्रसेन ढुंगाना, पटकथा र संवाद अभिमन्यु निरवी र निर्देशक विनयराज पौडेल, संगीत कर्णराज गिरी, नृत्य निर्देशन रामजी लामिछाने, छाया“कन दिपेन बस्न्यात र सम्पादन गौतम खड्काको रहेको छ।