थाइल्यान्डमा भिड्दै गिरिशरत्न


नेपालको प्रतिनिधित्व गर्दै मिस्टर ग्लोबल २०२६ मा सहभागी हुन मिस्टर ग्लोबल नेपाल गिरिशरत्न शाक्य थाइल्यान्ड पुगेका छन्।
विश्वका करिब ४० देशका प्रतिस्पर्धी सहभागी हुने प्रतियोगिता १० अक्टोबरसम्म थाइल्यान्डमा आयोजना हु“दैछ। प्रतियोगितामा शाक्य नेपालका तर्फबाट एक्लो प्रतिनिधि हुन्।

मिस्टर नेपाल २०२५ अन्तर्गत मिस्टर ग्लोबल नेपालको उपाधि जितेपछि शाक्यले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएका हुन्। उनलाई मिस्टर नेपालको आयोजक संस्था नेक्स्ट मोडल्स नेपालले प्रतियोगिताका लागि थाइल्यान्ड पठाएको हो।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा शाक्य मौलिक नेपाली कला र संस्कृतिसहित प्रस्तुत हुने तयारीमा छन्। पुरुषहरूको सहभागिता रहने प्रतियोगिताका रूपमा मिस्टर ग्लोबललाई लिइन्छ। यही अन्तर्राष्ट्रिय मञ्चमा शाक्यले नेपालको कला, संस्कृति र प्रतिनिधित्व प्रस्तुत गर्नेछन्।